FAQs Complain Problems

सूचना तथा समाचार

यस ललितपुर उप-महानगरपालिकावाट सामाजिक सुरक्षा भत्ता पाईरहनु भएका लाभग्राहीहरूले वैंकमा लाम बसी भत्ता लिंदा धेरैनै असुविधा व्यहोर्नु परेको हुंदा आ.व.२०७२।०७३ को तेस्रो चौमासिक देखि भत्ताको रकम बैंकमा खाता खोली उक्त खातामा रकम जम्मा गरी बैंकको नियम अनुसार वितरण गर्ने विशेष व्यवस्था अनुसार लाभग्राहीहरूले नागरिकता प्रमाणपत्रको प्रतिलिपि र पासपोर्ट साईजको २ प्रति फोटो सहित सम्वन्धित वडा कार्यालयमा सम्पर्क राखी वडाको सिफारिसमा बैंकमा खाता खोल्नु हुनको लागि अनुरोध गरिन्छ ।

Upload Date:
२०७३।१।३०

स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (LGCDP) अन्तर्गत यस ललितपुर उप-महानगरपालिका कार्यालयमा कार्यक्रम अधिकृत (LGCDP Focal Person) पदको लागि संचालन हुने प्रतियोगात्मक परीक्षाको प्रवेशपत्र मिति २०७२।१२।१४ गते बाट वितरण गरिने भएकोले प्रवेश पत्र प्राप्त गर्न ललितपुर उप-महानगरपालिकाको प्रशासन महाशाखामा उम्मेदवार आफैंले सम्पर्क गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

परीक्षा मिति: २०७२।१२।१९ गते विहान ११:०० बजे

परीक्षा केन्द्र : त्रि-पद्म विद्याश्रम उच्च मा. वि. , पुल्चोक ।

Upload Date:
२०७२।१२।१४

Pages