FAQs Complain Problems

सूचना तथा समाचार

ललितपुर, चैत ३ । ललितपुर महानगरपालिकाले सडक सञ्जाल तथा मेट्रिक प्रणालीमा आधारित घर नम्बर वितरण गर्र्ने भएको छ । दोस्रो नगरसभाबाट पारित निर्णय अनुरुप महानगरपालिकाले सडक सञ्जाल तथा मेट्रिक ठेगाना प्रणाली लागू गर्न लागेको हो ।

महानगरले नगरपालिकाभित्र सुशासन कायम गर्दै प्रदान गरिने सेवा सुविधालाई व्यवस्थित गर्न यो प्रणाली भित्¥याउन लागेको मेयर चिरीबाबु महर्जनले वताएकान छन् । उनले भने, ‘यो प्रणाली लागू भएपछि महानगरले उठाउने राजश्व समयमै उठाउन सहज हुनेदेखि नगरवासीले पाउने सेवा सुविधासम्म समयमै प्रदान गर्न सहज हुन्छ ।’ यो स्मार्ट सिटीको मुख्य आधारतत्व भएको मेयर महर्जनले जानकारी गराएका छन् । यो प्रणाली पूर्ण रुपमा लागू भएपछि ललितपुर महानगर अझै व्यस्थित हुने मेयर महर्जनको दावी छ ।

सडक सञ्जालमा आधारित घर नम्बर लागू गर्दा सडकको मुख्य चोकबाट दायाँतर्फ जोर नम्बर र बायाँतर्फ विजोर नम्बर प्रदान गरिनेछ । मुख्य चोकबाट नाप्न सुरु गरी घरको मूल चोकसम्मको दुरी जति हुन्छ, त्यसकै आधारमा नम्बर वितरण गरिने जिआइइस विशेषज्ञ डा. कृष्ण पौडेलले वताएका छन् ।

सूचना अधिकारी तथा बरिष्ठ इञ्जिनियर रुद्रप्रसाद गौत्तमले यो प्रणाली कार्यान्वयनमा आएपछि शहर व्यवस्थित हुने स्पष्ट पारेका छन् । उनले भने, ‘शहरलाई सुन्दर बनाउन र व्यवस्थित गर्न निकै सहयोगी हुने छ ।’ सडक सञ्जालको नामाकरण गर्दा स्थानीय प्रचलित नामलाई प्राथामिकता दिइने, विभुतिको नाम, सांस्कृतिक नामहरु र चलनचल्तीका नामलाई प्राथामिकता दिइने महानगरले जानकारी गराएको छ ।

विज्ञहरुले सडक सञ्जाल तथा मेट्रिक प्रणालीमा आधारित घर नम्बर वितरण गर्नका लागि महानगरको क्षेत्रफललाई ५ वटा क्षेत्रमा विभाजन गरेर काम आगाडि बढाउने वताएका छन् । महानगरले यो काम एक वर्षभित्र सम्पन्न गर्नेगरी कार्ययोजना बनाएको छ । यो काम सम्पन्न गर्नका लागि महानगरपालिकाको समन्वयमा जियोस्पासियल सिस्टम प्रा. लि.,नेष्ट प्रा.लि र इन्डोभेटिभ कन्सर्न प्रा.लि.ले आवश्यक तयारी पूरा गरिसकेका छन् ।

सडक सञ्जाल तथा मेट्रिक प्रणालीमा आधारित घर नम्बर वितरण गर्नका लागि आइतबार सम्बन्धित सरोकारवाला जनप्रतिनिधिहरुसंगको छलफल तथा बैठक समेत सम्पन्न भएको छ । घर नम्बर वितरणको कामलाई सहज र चुस्तदुरुस्त वनाउनका लागि मेयरको संयोजकत्वमा निर्देशक १५ सदस्यीय निर्देशक समिति गठन गरिएको छ।

त्यस्तै गरी उपमेयरको संयोजकत्वमा ६१ सदस्यीय समन्वय समिति गठनका लागि प्रस्ताव गरिएको छ । साथै सम्बन्धित वडा अध्यक्षको संयोजकत्वमा ७ सदस्यीय वडास्तरीय समन्वय समिति गठनका लागि प्रस्ताव गरिएको छ ।

 

Upload Date:
२०५७/१२/०३

ललितपुरस्थित एक विद्यालयमा रोबोटबाट पढाउन थालिएको छ । प्रयागपोखरीस्थित यशोधरा बौद्ध माध्यमिक विद्यालयमा शुक्रबारबाट रोबोटमार्फत पढाउन थालिएको हो । जापानको केडिडिआई फाउन्डेसन, साझा शिक्षा इ–पाटी तथा ललितपुर महानगरपालिकाको पहलमा नयाँ प्रयोग सुरु भएको हो । 

साझा शिक्षा इ–पाटीका निर्देशक रवि कर्माचार्यका अनुसार रोबोट प्रविधिअन्तर्गत विद्यालयमा विद्यार्थीका सैद्धान्तिक ज्ञानका विषय कम्प्युटरमा प्रोग्रामिङ गरिएको हुन्छ । प्रोग्रामिङ गरिएको  विषयका आधारमा विद्यार्थीले रोबोटलाई निर्देश गर्छन् । त्यस्ता निर्देशन रोबोटले पालना गर्छ । जसबाट विद्यार्थीले सैद्धान्तिक ज्ञानलाई प्रयोगात्मक ढंगबाट सिक्छन् ।

विद्यार्थीको क्षमता परिष्कृत गर्न रोबोट प्रयोगमा ल्याइएको विद्यालयले जनाएको छ । विद्यार्थीका समस्या समाधान, सिर्जनशीलता, तर्क गर्ने क्षमता विकासलगायत उद्देश्यका साथ रोबोट प्रविधि सुरु गरिएको ललितपुर महानगरपालिकाका आइसिटी फोकल पर्सन सत्यनारायण महर्जनले बताए । 

रोबोट प्रविधिमार्फत सिकाइको सुरुवातका लागि २७ फागुनबाट १ चैतसम्म शिक्षकहरूलाई ललितपुरमा तालिम दिइएको थियो । ललितपुर महानगरपालिकाको आयोजनामा सो तालिम ५ दिनसम्म सञ्चालन भएको थियो । तालिममा प्रयागपोखरीस्थित यशोधरा बौद्ध माध्यमिक विद्यालय, बालकुमारीस्थित हिन्दू विद्यापीठ र धापाखेलस्थित जलपा माध्यमिक विद्यालयका दुई–दुईजना शिक्षक सहभागी थिए । 

 रोबोट प्रविधिबाट सिकाइ नेपालमै पहिलो
ललितपुर महानगरका आइसिटी फोकल पर्सन सत्यनारायण महर्जनका अनुसार रोबोट प्रविधि नेपालका विद्यालयमा पहिलोपटक प्रयोग भएको हो । आउँदो अर्थिक वर्षभित्र ललितपुरको प्रभात मावि प्यागल, हरिसिद्धि मावि, बाल विवेकानन्द मावि नटोल र श्रमिक बालविज्ञान विद्यालयमा रोबोट प्रविधि विस्तार गरिने भएको छ । 

*नयाँ पत्रिका दैनिकमा प्रकाशित *

Upload Date:
२०५७/१२/०३

ललितपुर । पाँच वटा महत्वपूर्ण विद्येयकहरु पारित गर्दै ललितपुर महानगरपालिकालको तेस्रो नगरसभा सम्पन्न भएको छ। बुधबार सम्पन्न नगरसभाबाट विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन गर्न वनेको विद्येयक २०७५, ललितपुर महनगरपालिकाको कृषि व्यवसाय प्रवद्र्धन विद्येयक २०७५, फोहरमैला व्यवस्थापन विद्येयक २०७५, न्यायिक समिति (कार्यविधि सम्वन्धि) व्यवस्था गर्न वनेको विद्येयक २०७५ र सहकारी विद्येयक २०७५ पारित भएको हो ।

नगरसभाबाट लेखा समिति, विद्यायन समिति र विकास तथा सुशासन समितिको कार्यविधि केही संशोधन सहित पारित भएको महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले वताए । मेयर महर्जन यो हिउँदे अधिवेशन भएकोले यो नगरसभा विद्येयकमा मात्रै केन्द्रीत भएको वताए। उनले भने, ‘यो अधिवेशनबाट मत्वपूर्ण विद्येयकहरु पारित भएका छन्, अव हामीहरुलाई यही पारित भएका ऐन अनुसार काम गर्न सहज भएको छ।’ मेयर महर्जनले निकट भविश्यमा वडाबाट नै योजना सम्झौता हुने व्यवस्था मिलाउन लागिएको पनि वताए।

उपमेयर गीता सत्यालले जनसरोकारसंग महत्व राख्ने विद्येयकहरु पारित हुँदा नगरपालिकाबाट सम्पादन हुने कामहरु सम्पादन गर्नका लागि सहज भएको वताइन्। त्यस्तै सामाजिक विकास समितिका संयोजक दिनेश कार्कीले कार्यपालिकाले निर्णय गरेअनुरुप नेपाल भाषाको विद्यालय सञ्चालन गर्ने निर्णय पारित भएको वताए। कार्कीले चैत्र मसान्तभित्र कर्मचारी समायोजन सम्पन्न गरी लागु गर्ने निर्णय समेत पारित भएको वताए। उनले नगरसभाका कुनैपनि विमतिहरु नरहेको र सर्वसम्मत रुपमा नगरसभा सम्पन्न भएको जानकारी गराए।

Upload Date:
२०७५/११/२९

ललितपुर÷२८ फागुन, काठमाण्डौ र काभ्रे उपत्यकाका ऐतिहासिक सम्पदा संरक्षणका बारेमा छलफल गर्न आयोजना गरिएको दोस्रो मेयर्स फोरमको बैठकले अर्को बैठक किर्तिपुर नगरपालिकामा गर्ने निर्णय गरेको छ ।

ललितपुर महानगरपालिकाले मंगलबार आयोजना गरेको दोस्रो मेयर्स फोरमको वैठकले उक्त निर्णय गरेको हो । बैठकमा भूकम्प पश्चातको पुनःनिर्माण, ऐतिहासिक बस्तीहरु, मुर्त तथा अमूर्त सम्पदाहरुको संरक्षणका सन्दर्भमा छलफल भएको थियो। फोरमको बैठक प्रत्येक वर्ष आयोजना गरिनेछ । पहिलो बैठक पनौति नगरपालिकामा गरिएको थियो । महर्जनले तेस्रो मेयर फोरमको वैठक किर्तिपुरमा गर्न प्रस्ताव राखे ।

उक्त कार्यक्रममा मन्तव्य राख्दै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले दोस्रो मेयर्स फोरमको प्रारम्भिक घोषणापत्र प्रस्तुत गरे। प्रारम्भिक घोषणापत्रमा सम्पदा क्षेत्रमा निर्माण गरिने घर तथा भवनहरुको नक्सा पासमा छुुट दिने सन्दर्भ लगायतका विषयहरु उल्लेख गरिएको छ ।

मेयर महर्जनले भने,‘प्रारम्भिक घोषणापत्रमा छलफलपछि अन्तिम रुप दिएर सार्वजनिक गर्नेछौं ।’ उनले सम्पदा संरक्षणमा सार्वजनिक खरिद ऐन २०६३ बाधक भएको वताउँदै यसलाई तत्काल संशोधन गरेर अघि बढ्नु पर्ने वताए । उनले भने, ‘यही ऐन अनुसार सम्पदा निर्माण गर्न दिइने हो भने ठेकेदार मोटाउँछन्, सम्पदाहरु कुरुप हुँदै जान्छन् ।’ मेयर्स फोरमले उपत्यकाकाभित्रका समस्या समाधान गर्न ठोस पहल गर्ने वताए।

उपमेयर गीता सत्यालले ललितपुरको चिनारी सम्पदा भएको वताउँदै यसको संरक्षणमा महानगर प्रतिवद्ध भएको स्पष्ट पारिन्। उनले मेयर्स फोरममार्फत उपत्यकाका सम्पदा संरक्षणका लागि गरिने काम प्रभावकारी हुने वताइन्।

किर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले तेस्रो मेयर्स फोरमको आयोजना गर्र्न पाउनु महत्वपूर्ण अवसर भएको वताए। उनले गुठी संस्थानमा भएको बजेटलाई मूर्त तथा अमूर्त सम्पदा संरक्षणका लागि प्रयोग गर्न मेयर्स फोरमले पहल गर्नुपर्ने धारणा राखे ।

ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद भट्टराईले मेयरहरुको यस्ता वैठकहरुले विकासको विकासको अवधारणलाई मूर्त रुप दिन सहयोग पु¥याउने वताए।

टोकियो नेशनल इन्स्टिच्युट फर कल्चलर प्रपर्टिजका मासाहिको टोमोडाले सम्पदा संरक्षणका लागि थालिएको यो प्रयास महत्वपूर्ण र अर्थपूर्ण भएको वताए । उनले यसका लागि ललितपुर महानगरपालिकाले निर्वाह गरेको भूमिका महत्वपूर्ण भएको वताए।

वैठकमा १४ वटा नगरपालिकाका मेयर, उपमेयर र सम्पदा क्षेत्रको जिम्मेवारी पाएका इञ्जिनियरहरुको समेत सहभागिता थियो।

बैठकमा ललितपुर महानगरपालिकाकी आर्किटेक चन्द्रशोभा शाक्यले महानगरपालिकाले सम्पदा संरक्षणमा गरेका कामहरु समावेश भएको प्रतिवेदन प्रस्तुत गरेकी थिइन्।

त्यसैगरी भक्तपुर नगरपलिकाका आर्किटेक रामगोबिन्द श्रेष्ठ, किर्तिपुर नगरपालिकाका कृष्णभोला महर्जन, पनौनी नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत इन्द्रप्रसाद अधिकारीले प्रतिवेदन प्रस्तुत गरेका थिए।

पनौनी नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत अधिकारीले पनौतीको वडा नैे ७ मा मूर्त तथा अमूर्त सम्पदा धेरै रहेको वताउँदै लोभ भइसकेका जात्राहरुको सुरु गरेको वताए।

कार्यक्रममा कोबे डिजाइन युनिभर्सिटी जापानका प्राध्यापक योकियो निसुमुराले सम्पदा संरक्षणका लागि संयुक्त रुपमा थालिएको यो प्रयासको प्रशंसा गरे।

Upload Date:
2०७५/११/२९

Pages