समाचार
सूचना तथा समाचार
भरखरै सम्पन्न प्रादेशिक र प्रतिनिधि सभाको निर्वाचनमा ललितपुर महानगरपालिका क्षेत्र भित्र विभिन्न राजनैतिक दलद्वारा राखिएका ब्यानर, झण्डाहरु र अन्य प्रचार प्रसारका समग्रीहरु आ–आफ्नो दलद्वारा निकाली नगरलाई सफा स्वच्छ र सुन्दर बनाउन सहयोगको लागि महानगरपालिका हार्दिक अनुरोध गरिन्छ ।
राजु महर्जन
प्रवक्ता एवं वडा नं ९ अध्यक्ष
ललितपुर महानगरपालिका वडा नं. १५ स्थित पाटन औद्योगिक क्षेत्रमा मिति २०७४/०७/२८ गते साँझ प्लाष्टिक कारखानामा अचानक आगलागी भएकोमा अग्नि नियन्त्रणका लागि ललितपुर महानगरपालिकाका प्रमुखज्यूको सक्रिय समन्वयमा दमकल व्यवस्थापन भई आगलागी कठिनपूर्वक नियन्त्रणमा आएको छ । यस्तो विपत्को घडिमा अथक सहयोग पुर्याउने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, ट्याङ्कर व्यवसायी संघ, नागरिक उड्डयन प्राधिकरण, काठमाण्डौ बारुण यन्त्र, भक्तपुर बारुण यन्त्र, मध्यपुर बारुण यन्त्र, किर्तिपुर बारुण यन्त्र र स्थानीयबासीहरुमा ललितपुर महानगरपालिका धन्यवाद व्यक्त गर्दछ । यस्तो विपदबाट जोगिन पूर्व सतर्कता अपनाउन समेत आग्रह गर्दछु ।
राजु महर्जन
प्रवक्ता तथा अध्यक्ष, वडा नं.९
ललितपुर महानगरपालिका वडा नं. १५ स्थित पाटन औद्योगिक क्षेत्रमा मिति २०७४/०७/२८ गते साँझ प्लाष्टिक कारखानामा अचानक आगलागी भएकोमा अग्नि नियन्त्रणका लागि ललितपुर महानगरपालिकाका प्रमुखज्यूको सक्रिय समन्वयमा दमकल व्यवस्थापन भई आगलागी कठिनपूर्वक नियन्त्रणमा आएको छ । यस्तो विपत्को घडिमा अथक सहयोग पु¥याउने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, ट्याङ्कर व्यवसायी संघ, नागरिक उड्डयन प्राधिकरण, काठमाण्डौ बारुण यन्त्र, भक्तपुर बारुण यन्त्र, मध्यपुर बारुण यन्त्र, किर्तिपुर बारुण यन्त्र र स्थानीयबासीहरुमा ललितपुर महानगरपालिका धन्यवाद व्यक्त गर्दछ । यस्तो विपद्बाट जोगिन पूर्व सतर्कता अपनाउन समेत आग्रह गर्दछु ।
राजु महर्जन
प्रवक्ता तथा अध्यक्ष, वडा नं ९
City Net काे ३० अाै सम्मेलन श्रीलकाकाे काेलाेम्बाेमा सम्पन्न भएकाे र उक्त सम्मेलनबाट ललितपुर महानगरपालिकाका प्रमुख श्री चिरीवावु महर्जन कार्यकारी समितिमा निर्वाचित हुनुभएकाे छ । City Net काे १३८ सदस्यताबाट मतदान भर्इ उक्त निर्वाचन सम्पन्न भएकाे हाे। उक्त कार्यकारी समितिमा अध्यक्ष -१, उपाध्यक्ष-१ , महासचिव-१ र सदस्यहरु ९ जनाकाे कार्य समिति सदस्यता चयन भएकाे हाे । ललितपुर महानगरपालिका उक्त कार्यकारी समितिमा पहिलाे पटक निर्वाचित भएकाेमा अन्तर्राष्ट्रिय सम्बन्धमा बढाेत्तरी हुने विश्वास लिइएकाे छ ।
राजु महर्जन
प्रवक्ता तथा अध्यक्ष, वडा नंं ९