FAQs Complain Problems

प्राय सोधिने प्रश्नहरु ।

१. नक्शा पासको फोटोकपी - १ प्रति 

२. पास पुर्जिको फोटोकपी - १ प्रति 

३.डीजाईनरको सिफारिस पत्र - १ प्रति 

४. डीजाईनरको ईजाजत पत्र - १ प्रति 

५. निर्माण सम्पन्न प्रमाण पत्र - २ प्रति

६. मालपोत तिरेको रसिद फोटोकपी - १ प्रति  

७. घरको फोटो - २ प्रति 

८. व्यक्तिगत फोटो - २ प्रति (नक्शा वाला र जग्गा धनी )

१. जग्गा धनी प्रमाण पत्रको फोटोकपी                                                                                      १ प्रति

२. अस्थायी ईजाजत पत्रको सक्कल                                                                                          १ प्रति 

३. अस्थायी नक्शा पासको सक्कल                                                                                            १ प्रति 

४. स्ट्रक्चरल नक्शा/ डीजाईन पासको सक्कल                                                                           १ प्रति 

५. दीजाईनरको मापदण्ड अनुसार निर्माण भएको सिफारिस प्रतिवेदन                                        १ प्रति 

६. दीजाईनरको भवन निर्माण संहिता-२०६० अनुसार निर्माण भएको सिफारिस प्रतिवेदन              १  प्रति 

७. दीजाईनरको ईजाजत पत्र                                                                                                      १ प्रति 

१. गत वर्ष कर निर्धारण गरेको आ.व. ................................                                                करदाता संकेत नं ......................

२. यस अघि पेश गरेको विवरणहरुमा थपघट भएको भए उक्त थपघट भएका घर तथा जग्गाको लालपूर्जा, रजिस्ट्रेशन पास (तमसुक लिखित) वा अंशवण्डा भएमा वण्डा पत्रको प्रतिलिपि संलग्न गर्नुपर्नेछ |

३. चालु आ.व. को मालपोत तिरेको मिति ......................................                                    कम्प्युटर रसिद नं. ....................................

४. व्यवसाय छ/छैन, छ भने दर्ता/नवीकरण मिति ...............................                                 रसिद नं. ..............................

५. घर जग्गा वहाल छ/छैन, छ भने मासिक रु. ................................... (सम्झौता पात्रता भएमा पेश गर्ने ) बहाल खाली भएमा अनिवार्य लिखित जानकारी गराउनु पर्ने |

६. हालको बाटोको किसिम

क. मूल सडक (    )                    ख. सहायक सडक/ढलान/ब्लक छापेको (     )                ग. कच्ची (     )                         घ. चक्रपथ ट्रयाक (     )                             ङ. गोरेटो (     )

७. अनिवार्य रुपमा गत वर्ष तिरेको घर जग्गा को फोटोकपी- १ प्रति 

नोट: ( तल्ला थप/थप घर भएमा नोटमा उल्लेख गरी कागजात पेश गर्ने )

१. घर भाडाको आय भएमा घर भाडाको सम्झौता पत्रको प्रतिलिपि|

२. व्यवसाय तथा कृषि व्यवसायबाट आम्दानी प्रमाणित गर्न यस न.पा. मा अनिवार्य दर्ता हुनु पर्नेछ तथा आम्दानी अदिट रिपोर्ट बोजिम गरिनेछ  | तसर्थ यस न.पा. मा दर्ता भएको व्यवसाय दर्ता प्रमाण पत्रको प्रतिलिपि र अदिट रिपोर्टको प्रतिलिपि निवेदनको साथ पेश गर्नुपर्नेछ |

३. तलब, पेन्सनबाट प्राप्त हुने आयको लागि सम्बन्धित निकायको पत्रको सक्कल तथा प्रतिलिपिका साथै ल.पु.म.न.पा. क्षेत्र भित्र संचालनमा रहेका संघ संस्थाहरुमा काम गरे वापतको तलब प्रमाणित गर्नुपर्ने भएमा उक्त संस्था/व्यवसाय यस न.पा. कार्यालयमा अनिवार्य दर्ता भएको प्रमाण पेश गर्नुपर्नेछ र यस न.पा. क्षेत्र बाहिरको तलब प्रमाणित गर्नुपर्ने भएमा सम्बन्धित न.पा./गा.वि.स./आन्तरिक राजश्व विभागमा दर्ता/नवीकरण र कर चुक्ताको प्रमाण पेश गर्नुपर्नेछ |

४. सवारी साधनको आयश्रोतको लागि यातायात व्यवस्था कार्यालयमा दर्ता भई यस न.पा.मा कर तिरेको प्रमाण पत्रको प्रतिलिपि साथै अदिट रिपोर्ट प्रतिवेदनको प्रतिलिपि पेश गर्नुपर्नेछ |

५. राष्ट्रिय वचत पत्र/मुद्दती खाताको व्याजको लागि बैंकको प्रमाण पत्रको प्रतिलिपि तथा सक्कल प्रति |

६. विदेशको आयश्रोत प्रमाणित गर्नु पर्ने भएमा सम्बन्धित देश स्थित नेपाली दुतावास वा नेपाल स्थित उक्त देशको दुतावासबाट प्रमाणित भएको सिफारिस पत्र अनिवार्य पेश गर्नुपर्ने |

 

क्र.स.
आयश्रोत विवरण 
वार्षिक दर 

१.
तलब, पेन्सन 
०.१५%

२.
ल.पु.म.न.पा. मा दर्ता भएको तथा स्थायी लेखा नं लिएको व्यवसायको आम्दानीमा 
०.१५%

३. 
राष्ट्रिय वचत पत्र/मुद्दती खातामा भएको व्याजमा 
०.३०%

४.
घर जग्गा वहालमा रकमको लागि स्थानीय स्वायक्त शासन ऐन २०५५, संशोधित  २०६५ मा 
१०%

५.
गाडीको आम्दानीको 
१०%

 

१. प्रमाणित गर्नु पर्ने आम्दानीको प्रतिलिपि,

२. नागरिकता प्रमाण पत्रको प्रतिलिपि तथा नाता प्रमाणितको प्रतिलिपि,

३. यस न.पा.मा घर/जग्गा भए घर/जग्गा कर तिरेको प्रमाण पत्रको प्रतिलिपि,

४. विद्यार्थीको हकमा I-20/ Confirmation Letter को प्रतिलिपि र सक्कल कपी पेश गर्नु पर्नेछ |

 

३० लाख सम्म
रु १२००/-

३० लाख भन्दा माथि ५० लाख सम्म
रु १८००/-

५० लाख भन्दा माथि १ करोड सम्म 
रु २४००/-

१ करोड भन्दा माथि २ करोड सम्म 
रु ४८००/-

२ करोड भन्दा माथि 
रु ७२००/-

* अन्यको हकमा जम्मा सम्पत्तिको प्रति हजारको रु १/- (एक रुपैयाको दरले )

नोट: उपयुक्त सुविधा प्राप्त गर्नको लागि चा.आ.व. सम्मको सम्पूर्ण कर चुक्ता गरेको हुनुपर्नेछ |

१. जग्गा धनी प्रमाणपत्र प्रतिलिपि,

२. यस आ.व. मा मालपोत तिरेको रसिदको प्रतिलिपि,

३. घर भए घर जग्गा कर तिरेको प्रमाण पत्र प्रतिलिपि,

४. नागरिकताको प्रतिलिपि 

विद्यार्थीको हकमा स्पोन्सर गर्नु पर्ने भएमा (माथि उल्लेखित कागजात सहित निम्न काग्जथारू संलग्न गर्नुपर्ने)

- विद्यार्थीको नाम:.....................................................     नाता: ........................................................

-नाता प्रमाणित प्रतिलिपि,

- I-20/Confirmation Letter को प्रतिलिपि र सक्कल कपी

२०२१ साल भन्दा अघि बनेको घरको सम्पत्ति कर निर्धारण गर्दा आवश्यक पर्ने कागजातहरु :

१. नागरिकता प्रमाणपत्रको प्रतिलिपि,

२. जग्गा धनी दर्ता प्रमाण पूर्जा (लालपूर्जा) को प्रतिलिपि,

३. लम्बाई, चौडाई, घरको तल्ला खुलेको वडाको सिफारिश / प्राविधिकबाट फिल्ड निरिक्षण / नापी नक्शा,

४. घर भाडामा भएमा सम्झौता पत्रको प्रतिलिपि,

५. पहिले कर कार्यालयमा कर तिर्नु भएको छ भने कर तिरेको प्रमाण पत्रको प्रतिलिपि,

६. घर धनीको नाममा कुनै किसिमको उद्योग, व्यवसाय, संघ संस्था दर्ता भएको छ भने प्रमाण पत्रको प्रतिलिपि,

७. आगामी आ.ब. मा कर तिर्न आउन हुँदा यस आ.ब.मा कर तिरेको प्रमाण पत्र लिई आउनु होला |

२०२१ साल पछि बनेको घरको सम्पत्ति कर निर्धारण गर्दा आवश्यक पर्ने कागजातहरु :

१. नागरिकता प्रमाणपत्रको प्रतिलिपि,

२. जग्गा धनी दर्ता प्रमाण पूर्जा (लालपूर्जा) को प्रतिलिपि,

३. नक्शा पास प्रमाण पत्र प्रतिलिपि, घर नक्शाको प्रतिलिपि, निर्माण सम्पन्न प्रमाण पत्र प्रतिलिपि , (तल्ला थप गरेको भए प्रत्येक पटकको नक्शा, नक्शा पास प्रमाण पत्र प्रतिलिपि),

४. नक्शा पास नगरी निर्माण गरेको हकमा प्राविधिकद्वारा फिल्ड निरिक्षण गराउनु पर्ने,

५. साविक घर भत्काई नयाँ घर बनाएको हकमा साविक घरको तिरेको प्रमाण पेश गर्नु पर्ने,

६. घर भाडामा भएमा सम्झौता पत्रको प्रतिलिपि,

७. पहिले कर कार्यालयमा कर तिर्नु भएको छ भने कर तिरेको प्रमाण पत्रको प्रतिलिपि,

८. घर धनीको नाममा कुनै किसिमको उद्योग, व्यवसाय, संघ संस्था दर्ता भएको छ भने प्रमाण पत्रको प्रतिलिपि,

९. आगामी आ.ब. मा कर तिर्न आउन हुँदा यस आ.ब.मा कर तिरेको प्रमाण पत्र लिई आउनु होला |

अघिल्लो आ.व.को कर बुझाईसकेको करदाताबाट घर जग्गा हक हस्तान्तरण भई आएको हकमा घर जग्गा कर निर्धारण गर्न आवश्यक कागजातहरु:

१. नागरिकता प्रमाणपत्रको प्रतिलिपि,

२. नामसारी भई आएको जग्गा धनी दर्ता प्रमाण पूर्जा (लालपूर्जा) को प्रतिलिपि,

३. चा.लु. आ.व. को मालपोत तिरेको रसिदको प्रतिलिपि,

४. रजिष्ट्रेशन पासको प्रतिलिपि, दाखिला खारेज (दा.खा.), कित्ताकाट भएको कागज, लिलाम सकार / विक्री आदि, अंशवण्डा, हालैदेखिको वकस पत्र, नामसारी, फैसला कार्यन्वयन,

५. नामसारी भएको नक्शा पास प्रमाण पत्र र नक्शाको प्रतिलिपि,

६. घर भाडामा भएमा सम्झौता पत्रको प्रतिलिपि,

७. घर धनीको नाममा कुनै किसिमको उद्योग, व्यवसाय, संघ संस्था दर्ता भएको छ भने प्रमाण पत्रको प्रतिलिपि,

८. आगामी आ.ब. मा कर तिर्न आउन हुँदा यस आ.ब.मा कर तिरेको प्रमाण पत्र लिई आउनु होला |