FAQs Complain Problems

सूचना तथा समाचार


काठमाडौं : ललितपुर महानगरपालिकाले नगरपालिकाभित्र कार्यरत महिला स्वास्थ्य स्वयसेविका र स्वास्थ्य स्वयसेवीहरुलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा कार्यरत स्वास्थ्य स्वयसेवी र उमेरहदका कारण अवकाश प्राप्त स्वास्थ्य स्वयसेवी रहेका छन् । ६० वर्ष पुगेपछि उनीहरुले  क्रियाशील स्वयसेविकाबाट अवकाश पाउँछन् । विश्व स्वयंसेवक दिवस २०१८ तथा राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवस २०७५को अवसरमा आयोजित कार्यक्रममा उनीहरुलाई सम्मान स्वरुप नगद प्रदान गरिएको हो । उनीहरुले गरेको योगदानको मुल्यांकन गर्दै सम्मान गरिएको ललितपुर महानगरपालिकाले जनाएको छ । सम्मानित हुनेहरुमा महानगरको २९ वटा वडाहरुमा पाँच सय ६८ जना स्वयंसेवी कार्यरत छन् । 
ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले स्वास्थ्य स्वयसेविकाहरुले नगरका टोल टोल पुगेर स्वास्थ्य चेतना फैलाएको भन्दै उनीहरुको प्रसंसा गरे । उनले स्वास्थ्य स्वयसेविकाका कारण नागरिकहरुमा स्वास्थ्य चेतना बढेको बताए । उनले भने , ‘ तपाईहरुको सक्रियताको हामी प्रसंसा गर्छौ । ’ उनले स्वयसेवकहरुलाई आफ्ना समस्याहरु नगरपालिकाको आएर भन्न अनुरोध गरे । समस्याको प्राथमिकिरण गरेर त्यसको समाधान जतिसक्दो छिटो गर्ने उनले बताए । प्रत्येक स्वयसेविका र स्वयसेवकहरुको हात हात प्राथमिक उपचार बक्स पुर्याउने बताए । 
ललितपुर महानगरपालिकामा उपमेयर गिता सत्यालले स्वास्थ्य स्वयसेविका समुदायको खम्बा भएको बताइन् । उनले स्वास्थ्य चेतना जगाउन उनीहरुको महत्वपूर्ण भूमिका भएको स्पष्ट पार्दै स्वयसेविका कारण रोग र उपचारका बारेमा नगरबासी सुसुचित भएको बताइन् । स्वास्थ्य स्वयसेविकाले फैलाएको चेतनाका कारण महिला स्वास्थ्य र बालबालिकाको स्वास्थ्य अवस्था सुधार आएको दाबी गरिन् । उपप्रमुख सत्यालले स्वास्थ्य स्वयसेविकासँग बिरामीले आत्मियता देखाउने र आफ्ना समस्या खुलेर बताउने हुँदा नगरबासीको स्वास्थ्य अवस्था सुधार गर्न उनीहरुको भूमिका महत्वपूर्ण हुने धारणा राखिन् 
 

Upload Date:
२०७५/०९/२४

विश्व स्वयंसेवक दिवस २०१८ तथा राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका २०७५को उपलक्ष्यमा बुधवार ललितपुर महानगपालिकाले स्वास्थ स्वयंसेवीहरुलाई सम्मान तथा प्रोत्साहन गरेको छ । बुधबार महानगपालिकामा एक कार्यक्रम आयोजना गरि उनीहरुलाई सम्मान तथा प्रोत्साहन गरेर हौसला प्रदान गर्ने काम गरेको हो ।
उनीहरुले स्वास्थ्य क्षेत्रमा स्थानीयस्तरमा गरेको योगदानको मुल्यांकन गर्दै सम्मान गरिएको ललितपुर महानगरपालिकाले जनाएको छ ।
विश्व स्वयंसेवक दिवस २०१८ तथा राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका २०७५ को उपलक्ष्यमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्दै महानगरपालिकाका मेयर चिरीबावु महर्जनले स्वास्थ्यस्वयंसेवीहरुको सकरात्मक कामका कारण ललितपुर महानगरपालिकाका सम्पूर्ण जनप्रतिनिधिहरुको सान बढेको भन्दै स्वयंसेवीहरुलाइ निश्वार्थपूर्वक सेवा गरेकोमा धन्यवाद समेत दिए । मेयर महर्जनले भने, ‘ स्वास्थ्य स्वयंसेवीहरुबाट जनप्रतिनिधिविहिन अवस्थामा पनि उत्कृष्ट काम भएको छ ।महानगरबासीहरुका लागि तपाईंहरुले उत्कृष्ट काम गर्नु भएको छ, यो कुनै धाम, तिर्थस्थलमा गएर पूजा पाठ गरेको भन्दा पनि उत्कृष्ट छ । त्यस्तो पूजापाठबाट प्राप्त हुने आशिर्वाद भन्दा १० औ गुणा बढि आशिर्वाद मिलेको छ ।’
मेयर चिरीबावु महर्जनले स्वास्थ स्वयंसेवीहरुले जनप्रतिनिधि विहिन भएको अवस्थामा पनि उल्लेख्य र महत्वपूर्ण काम गरेको भन्दै स्वास्थ स्वयंसेवीहरुको प्रशंसा समेत गर्न भ्याए । उनले स्वास्थ्य स्वयसेविकाका कारण नागरिकहरुमा स्वास्थ्य चेतना बढेको बताए । उनले भने , ‘ तपाईहरुको सक्रियताको हामी प्रसंसा गर्छौ । ’ उनले स्वयसेवकहरुलाई आफ्ना समस्याहरु नगरपालिकाको आएर भन्न अनुरोध गरे । समस्याको प्राथमिकिरण गरेर त्यसको समाधान जतिसक्दो छिटो गर्ने उनले बताए । प्रत्येक स्वयसेविका र स्वयसेवकहरुको हात हात प्राथमिक उपचार बक्स पुर्याउने बताए ।
त्यस्तै ललितपुर उपमेयर गीता सत्यालले स्वास्थ्य स्वयंसेवीहरु समाजको खम्बाको रुपमा स्थापित भएर रहेको उल्लेख गर्दै स्थानीय स्तरका स्वास्थ्य समस्याको बारेमा स्वास्थ्यस्वयंसेवीहरु जानकार हुने उल्लेख गर्दै स्वयंसेवकहरुले निश्वार्थ रुपमा गरेको सेवाको महानगरले उच्च मुल्यांकन गरेको वताइन् । उनले स्वास्थ्य चेतना जगाउन उनीहरुको महत्वपूर्ण भूमिका भएको स्पष्ट पार्दै स्वयसेविका कारण रोग र उपचारका बारेमा नगरबासी सुसुचित भएको बताइन् । स्वास्थ्य स्वयसेविकाले फैलाएको चेतनाका कारण महिला स्वास्थ्य र बालबालिकाको स्वास्थ्य अवस्था सुधार आएको दाबी गरिन् । उपप्रमुख सत्यालले स्वास्थ्य स्वयसेविकासँग बिरामीले आत्मियता देखाउने र आफ्ना समस्या खुलेर बताउने हुँदा नगरबासीको स्वास्थ्य अवस्था सुधार गर्न उनीहरुको भूमिका महत्वपूर्ण हुने धारणा राखिन् ।
ललितपुर महानगरपालिकाका २९ वटा वडामा क्रियाशील ५६८ जना स्वयंसेवीहरुमध्येबाट महानगरले अवकाश प्राप्त ९ ६० वर्ष पुगेका० ५ जना, उत्कृष्ट महिला स्वयंसेविका ३४ जना, उत्कृष्ट स्वास्थ स्वयंसेवी २२ जना, HIV परामर्शकर्ता १ जना, TV Tracer १ जना, उत्कृष्ट वडा स्वास्थ्य कार्यान्वयन समिति ३० जनासमेत गरी ९३ जना स्वास्थ स्वयंसेवीहरुलाई सम्मान तथा प्रोत्साहन गरेको छ।
 

Upload Date:
२०७५/०९/२४

Upload Date:
२०७५/८/२४




आज मिति २०७५ कार्तिक २० गते मंगलबार ललितपुर महानगरपालिका वडा नं. ९ क्वय्लाछी च्यासल स्थित मूर्त सम्पदाको रुपमा रहेको ३ वटा ऐतिहासिक पाटीहरु लामपाटि, भौकिसि पाटि (फल्चा) र होनबहाः पाटी आज एक समारोह बीच ललितपुर महानगरपालिका का मेयर श्री चिरीबाबु महर्जनज्यूबाट समुद्घाटन भएको छ । २०७२ सालको महाभूकम्पबाट क्षतिग्रस्त यी सम्पदाहरु पुननिर्माण गर्न लाम्पाटिको लागी UNISCO फोटो सर्कलबाट सहयोग प्राप्त भएको र भौकिसि फल्चा र होनबहाः पाटी ललितपुर महानगरपालिकाको सहयोगमा पुनः निर्माण भएको हो ।

                                                                                              राजु महर्जन 

                                                                                  प्रवक्ता तथा वडा नं.९ अध्यक्ष

Upload Date:
२०७५/०७/२०

Pages