FAQs Complain Problems

सूचना तथा समाचार

ललितपुर, चैत ३ । ललितपुर महानगरपालिकाले सडक सञ्जाल तथा मेट्रिक प्रणालीमा आधारित घर नम्बर वितरण गर्र्ने भएको छ । दोस्रो नगरसभाबाट पारित निर्णय अनुरुप महानगरपालिकाले सडक सञ्जाल तथा मेट्रिक ठेगाना प्रणाली लागू गर्न लागेको हो ।

महानगरले नगरपालिकाभित्र सुशासन कायम गर्दै प्रदान गरिने सेवा सुविधालाई व्यवस्थित गर्न यो प्रणाली भित्¥याउन लागेको मेयर चिरीबाबु महर्जनले वताएकान छन् । उनले भने, ‘यो प्रणाली लागू भएपछि महानगरले उठाउने राजश्व समयमै उठाउन सहज हुनेदेखि नगरवासीले पाउने सेवा सुविधासम्म समयमै प्रदान गर्न सहज हुन्छ ।’ यो स्मार्ट सिटीको मुख्य आधारतत्व भएको मेयर महर्जनले जानकारी गराएका छन् । यो प्रणाली पूर्ण रुपमा लागू भएपछि ललितपुर महानगर अझै व्यस्थित हुने मेयर महर्जनको दावी छ ।

सडक सञ्जालमा आधारित घर नम्बर लागू गर्दा सडकको मुख्य चोकबाट दायाँतर्फ जोर नम्बर र बायाँतर्फ विजोर नम्बर प्रदान गरिनेछ । मुख्य चोकबाट नाप्न सुरु गरी घरको मूल चोकसम्मको दुरी जति हुन्छ, त्यसकै आधारमा नम्बर वितरण गरिने जिआइइस विशेषज्ञ डा. कृष्ण पौडेलले वताएका छन् ।

सूचना अधिकारी तथा बरिष्ठ इञ्जिनियर रुद्रप्रसाद गौत्तमले यो प्रणाली कार्यान्वयनमा आएपछि शहर व्यवस्थित हुने स्पष्ट पारेका छन् । उनले भने, ‘शहरलाई सुन्दर बनाउन र व्यवस्थित गर्न निकै सहयोगी हुने छ ।’ सडक सञ्जालको नामाकरण गर्दा स्थानीय प्रचलित नामलाई प्राथामिकता दिइने, विभुतिको नाम, सांस्कृतिक नामहरु र चलनचल्तीका नामलाई प्राथामिकता दिइने महानगरले जानकारी गराएको छ ।

विज्ञहरुले सडक सञ्जाल तथा मेट्रिक प्रणालीमा आधारित घर नम्बर वितरण गर्नका लागि महानगरको क्षेत्रफललाई ५ वटा क्षेत्रमा विभाजन गरेर काम आगाडि बढाउने वताएका छन् । महानगरले यो काम एक वर्षभित्र सम्पन्न गर्नेगरी कार्ययोजना बनाएको छ । यो काम सम्पन्न गर्नका लागि महानगरपालिकाको समन्वयमा जियोस्पासियल सिस्टम प्रा. लि.,नेष्ट प्रा.लि र इन्डोभेटिभ कन्सर्न प्रा.लि.ले आवश्यक तयारी पूरा गरिसकेका छन् ।

सडक सञ्जाल तथा मेट्रिक प्रणालीमा आधारित घर नम्बर वितरण गर्नका लागि आइतबार सम्बन्धित सरोकारवाला जनप्रतिनिधिहरुसंगको छलफल तथा बैठक समेत सम्पन्न भएको छ । घर नम्बर वितरणको कामलाई सहज र चुस्तदुरुस्त वनाउनका लागि मेयरको संयोजकत्वमा निर्देशक १५ सदस्यीय निर्देशक समिति गठन गरिएको छ।

त्यस्तै गरी उपमेयरको संयोजकत्वमा ६१ सदस्यीय समन्वय समिति गठनका लागि प्रस्ताव गरिएको छ । साथै सम्बन्धित वडा अध्यक्षको संयोजकत्वमा ७ सदस्यीय वडास्तरीय समन्वय समिति गठनका लागि प्रस्ताव गरिएको छ ।

 

Upload Date:
२०५७/१२/०३

ललितपुरस्थित एक विद्यालयमा रोबोटबाट पढाउन थालिएको छ । प्रयागपोखरीस्थित यशोधरा बौद्ध माध्यमिक विद्यालयमा शुक्रबारबाट रोबोटमार्फत पढाउन थालिएको हो । जापानको केडिडिआई फाउन्डेसन, साझा शिक्षा इ–पाटी तथा ललितपुर महानगरपालिकाको पहलमा नयाँ प्रयोग सुरु भएको हो । 

साझा शिक्षा इ–पाटीका निर्देशक रवि कर्माचार्यका अनुसार रोबोट प्रविधिअन्तर्गत विद्यालयमा विद्यार्थीका सैद्धान्तिक ज्ञानका विषय कम्प्युटरमा प्रोग्रामिङ गरिएको हुन्छ । प्रोग्रामिङ गरिएको  विषयका आधारमा विद्यार्थीले रोबोटलाई निर्देश गर्छन् । त्यस्ता निर्देशन रोबोटले पालना गर्छ । जसबाट विद्यार्थीले सैद्धान्तिक ज्ञानलाई प्रयोगात्मक ढंगबाट सिक्छन् ।

विद्यार्थीको क्षमता परिष्कृत गर्न रोबोट प्रयोगमा ल्याइएको विद्यालयले जनाएको छ । विद्यार्थीका समस्या समाधान, सिर्जनशीलता, तर्क गर्ने क्षमता विकासलगायत उद्देश्यका साथ रोबोट प्रविधि सुरु गरिएको ललितपुर महानगरपालिकाका आइसिटी फोकल पर्सन सत्यनारायण महर्जनले बताए । 

रोबोट प्रविधिमार्फत सिकाइको सुरुवातका लागि २७ फागुनबाट १ चैतसम्म शिक्षकहरूलाई ललितपुरमा तालिम दिइएको थियो । ललितपुर महानगरपालिकाको आयोजनामा सो तालिम ५ दिनसम्म सञ्चालन भएको थियो । तालिममा प्रयागपोखरीस्थित यशोधरा बौद्ध माध्यमिक विद्यालय, बालकुमारीस्थित हिन्दू विद्यापीठ र धापाखेलस्थित जलपा माध्यमिक विद्यालयका दुई–दुईजना शिक्षक सहभागी थिए । 

 रोबोट प्रविधिबाट सिकाइ नेपालमै पहिलो
ललितपुर महानगरका आइसिटी फोकल पर्सन सत्यनारायण महर्जनका अनुसार रोबोट प्रविधि नेपालका विद्यालयमा पहिलोपटक प्रयोग भएको हो । आउँदो अर्थिक वर्षभित्र ललितपुरको प्रभात मावि प्यागल, हरिसिद्धि मावि, बाल विवेकानन्द मावि नटोल र श्रमिक बालविज्ञान विद्यालयमा रोबोट प्रविधि विस्तार गरिने भएको छ । 

*नयाँ पत्रिका दैनिकमा प्रकाशित *

Upload Date:
२०५७/१२/०३

ललितपुर । पाँच वटा महत्वपूर्ण विद्येयकहरु पारित गर्दै ललितपुर महानगरपालिकालको तेस्रो नगरसभा सम्पन्न भएको छ। बुधबार सम्पन्न नगरसभाबाट विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन गर्न वनेको विद्येयक २०७५, ललितपुर महनगरपालिकाको कृषि व्यवसाय प्रवद्र्धन विद्येयक २०७५, फोहरमैला व्यवस्थापन विद्येयक २०७५, न्यायिक समिति (कार्यविधि सम्वन्धि) व्यवस्था गर्न वनेको विद्येयक २०७५ र सहकारी विद्येयक २०७५ पारित भएको हो ।

नगरसभाबाट लेखा समिति, विद्यायन समिति र विकास तथा सुशासन समितिको कार्यविधि केही संशोधन सहित पारित भएको महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले वताए । मेयर महर्जन यो हिउँदे अधिवेशन भएकोले यो नगरसभा विद्येयकमा मात्रै केन्द्रीत भएको वताए। उनले भने, ‘यो अधिवेशनबाट मत्वपूर्ण विद्येयकहरु पारित भएका छन्, अव हामीहरुलाई यही पारित भएका ऐन अनुसार काम गर्न सहज भएको छ।’ मेयर महर्जनले निकट भविश्यमा वडाबाट नै योजना सम्झौता हुने व्यवस्था मिलाउन लागिएको पनि वताए।

उपमेयर गीता सत्यालले जनसरोकारसंग महत्व राख्ने विद्येयकहरु पारित हुँदा नगरपालिकाबाट सम्पादन हुने कामहरु सम्पादन गर्नका लागि सहज भएको वताइन्। त्यस्तै सामाजिक विकास समितिका संयोजक दिनेश कार्कीले कार्यपालिकाले निर्णय गरेअनुरुप नेपाल भाषाको विद्यालय सञ्चालन गर्ने निर्णय पारित भएको वताए। कार्कीले चैत्र मसान्तभित्र कर्मचारी समायोजन सम्पन्न गरी लागु गर्ने निर्णय समेत पारित भएको वताए। उनले नगरसभाका कुनैपनि विमतिहरु नरहेको र सर्वसम्मत रुपमा नगरसभा सम्पन्न भएको जानकारी गराए।

Upload Date:
२०७५/११/२९

ललितपुर÷२८ फागुन, काठमाण्डौ र काभ्रे उपत्यकाका ऐतिहासिक सम्पदा संरक्षणका बारेमा छलफल गर्न आयोजना गरिएको दोस्रो मेयर्स फोरमको बैठकले अर्को बैठक किर्तिपुर नगरपालिकामा गर्ने निर्णय गरेको छ ।

ललितपुर महानगरपालिकाले मंगलबार आयोजना गरेको दोस्रो मेयर्स फोरमको वैठकले उक्त निर्णय गरेको हो । बैठकमा भूकम्प पश्चातको पुनःनिर्माण, ऐतिहासिक बस्तीहरु, मुर्त तथा अमूर्त सम्पदाहरुको संरक्षणका सन्दर्भमा छलफल भएको थियो। फोरमको बैठक प्रत्येक वर्ष आयोजना गरिनेछ । पहिलो बैठक पनौति नगरपालिकामा गरिएको थियो । महर्जनले तेस्रो मेयर फोरमको वैठक किर्तिपुरमा गर्न प्रस्ताव राखे ।

उक्त कार्यक्रममा मन्तव्य राख्दै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले दोस्रो मेयर्स फोरमको प्रारम्भिक घोषणापत्र प्रस्तुत गरे। प्रारम्भिक घोषणापत्रमा सम्पदा क्षेत्रमा निर्माण गरिने घर तथा भवनहरुको नक्सा पासमा छुुट दिने सन्दर्भ लगायतका विषयहरु उल्लेख गरिएको छ ।

मेयर महर्जनले भने,‘प्रारम्भिक घोषणापत्रमा छलफलपछि अन्तिम रुप दिएर सार्वजनिक गर्नेछौं ।’ उनले सम्पदा संरक्षणमा सार्वजनिक खरिद ऐन २०६३ बाधक भएको वताउँदै यसलाई तत्काल संशोधन गरेर अघि बढ्नु पर्ने वताए । उनले भने, ‘यही ऐन अनुसार सम्पदा निर्माण गर्न दिइने हो भने ठेकेदार मोटाउँछन्, सम्पदाहरु कुरुप हुँदै जान्छन् ।’ मेयर्स फोरमले उपत्यकाकाभित्रका समस्या समाधान गर्न ठोस पहल गर्ने वताए।

उपमेयर गीता सत्यालले ललितपुरको चिनारी सम्पदा भएको वताउँदै यसको संरक्षणमा महानगर प्रतिवद्ध भएको स्पष्ट पारिन्। उनले मेयर्स फोरममार्फत उपत्यकाका सम्पदा संरक्षणका लागि गरिने काम प्रभावकारी हुने वताइन्।

किर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले तेस्रो मेयर्स फोरमको आयोजना गर्र्न पाउनु महत्वपूर्ण अवसर भएको वताए। उनले गुठी संस्थानमा भएको बजेटलाई मूर्त तथा अमूर्त सम्पदा संरक्षणका लागि प्रयोग गर्न मेयर्स फोरमले पहल गर्नुपर्ने धारणा राखे ।

ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद भट्टराईले मेयरहरुको यस्ता वैठकहरुले विकासको विकासको अवधारणलाई मूर्त रुप दिन सहयोग पु¥याउने वताए।

टोकियो नेशनल इन्स्टिच्युट फर कल्चलर प्रपर्टिजका मासाहिको टोमोडाले सम्पदा संरक्षणका लागि थालिएको यो प्रयास महत्वपूर्ण र अर्थपूर्ण भएको वताए । उनले यसका लागि ललितपुर महानगरपालिकाले निर्वाह गरेको भूमिका महत्वपूर्ण भएको वताए।

वैठकमा १४ वटा नगरपालिकाका मेयर, उपमेयर र सम्पदा क्षेत्रको जिम्मेवारी पाएका इञ्जिनियरहरुको समेत सहभागिता थियो।

बैठकमा ललितपुर महानगरपालिकाकी आर्किटेक चन्द्रशोभा शाक्यले महानगरपालिकाले सम्पदा संरक्षणमा गरेका कामहरु समावेश भएको प्रतिवेदन प्रस्तुत गरेकी थिइन्।

त्यसैगरी भक्तपुर नगरपलिकाका आर्किटेक रामगोबिन्द श्रेष्ठ, किर्तिपुर नगरपालिकाका कृष्णभोला महर्जन, पनौनी नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत इन्द्रप्रसाद अधिकारीले प्रतिवेदन प्रस्तुत गरेका थिए।

पनौनी नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत अधिकारीले पनौतीको वडा नैे ७ मा मूर्त तथा अमूर्त सम्पदा धेरै रहेको वताउँदै लोभ भइसकेका जात्राहरुको सुरु गरेको वताए।

कार्यक्रममा कोबे डिजाइन युनिभर्सिटी जापानका प्राध्यापक योकियो निसुमुराले सम्पदा संरक्षणका लागि संयुक्त रुपमा थालिएको यो प्रयासको प्रशंसा गरे।

Upload Date:
2०७५/११/२९

ललितपुर , २१ फागुन । ललितपुर महानगरपालिकाको ढोकैमा ‘वाटर एटीएम’ पानी पँधेरो सञ्चालनमा आएको छ। नेपालमै पहिलो पटक ‘वाटर एटीएम’ पानी पँधेरो सञ्चालनमा आएको हो । मंगलबार खानेपानी मन्त्री बिना मगरद्धारा उद्घाटन भएको यो ‘वाटर एटीएम’ बाट २ रुपैयाँमा एक गिलास पानी पिउन पाइन्छ।
काठमाण्डौ उपत्यका खानेपानी व्यवस्थापन वोर्डको लागनीमा ‘वाटर एटीएम’ पानी पंधेरो सञ्चालनमा आएको हो। यो ‘वाटर एटीएम’ पानी पंधेरोको सञ्चालनका लागि सुपिङ इन्टरनेशनल नेपालले ३ महिनासम्म समन्वय गर्नेछ। त्यसपश्चत काठमाण्डौ उपत्यका खानेपानी व्यवस्थापन वोर्ड र ललितपुर महानगरपािलकाले व्यवस्थापन गर्नेछ।
‘वाटर एटीएम’संगै कागजको गिलास राखिएको छ। त्यहाँ रहेको गिलास लिएर ‘वाटर एटीएम’मा २ रुपैयाँको सिक्का राखेपछि एक गिलास पानी लिएर पिउन सकिन्छ। यो आधुनिक प्रविधिको विकासले खानेपानीको प्यास मेटाउनका लागि सहजता वनाइदिएको छ ।
‘वाटर एटीएम’को उद्घाटन गरीसकेपश्चत मन्त्री मगर र महानगरपालिकाकी उपमेयर गीता सत्यालले वाटो हिडिरहेका केही बटुवाहरुलाई समेत वोलाएर पानी पिलाउन भ्याए। नयाँ सिस्टम देखेर हर्षित महानगरपालिकाका कर्मचारीहरुले समेत सिक्का लिएर लाइन लागेर पानी पिए।

‘वाटर एटीएम’को उद्घाटन गर्दै मन्त्री मगरले ललितपुर महानगरपालिकामा नेपालमै पहिलो पटक ‘वाटर एटीएम’ सञ्चालन गरेर नयाँ कामको थालनी भएको वताइन्। मन्त्री मगरले भनिन्,‘स्वच्छ पानी पाउने आममानिसहरुको चाहानालाई यसले पूरा त गर्छ, यसका अलवा वातावरण प्रदुशण गर्ने प्लाष्टिक वोतललाई समेत निरुत्साहित गर्न मद्दत पु¥याउँछ।’ उनले यस्तो महत्वपूर्ण कामको सुरुवात गरेकोमा काठमाण्डौ उपत्यका खानेपानी व्यवस्थापन वोर्डलाई धन्यवाद समेत दिइन्।
ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्यालले यो ‘वाटर एटीएम’को सञ्चालनले आर्थिक मितव्ययिता र वातावरण स्वच्छ राख्नका लागि सहयोग पु¥याउने वताइन्। उनले भनिन्,‘यो हाम्रो लागि नौलो मात्रै हैन, महत्वपूर्ण काम समेत हो, यस्ता ‘वाटर एटीएम’हरु महानगरका अन्य स्थानहरुमा पनि सञ्चालनमा ल्याउन अति आवश्यक छ।’
ललितपुर महानगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत प्रेमप्रसाद भट्टराईले महानगरभित्र मानिसहरुको बाक्लो उपस्थिति हुने विभिन्न स्थानहरुमा ‘वाटर एटीएम’ सञ्चालनका लागि महानगरपालिकाले स्थान उपलब्ध गराउन सक्ने समेत वताए।
काठमाण्डौ उपत्यका खानेपानी व्यवस्थापन वोर्डले काठमाण्डौ उपत्यकाका अन्य १९ स्थानमा समेत यस किसिमको ‘वाटर एटीएम’ सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ ।

Upload Date:
२०७५-११-२१

नेपालको तीन दिने औपचारिक भ्रमणमा आएकी अष्ट्रियाकी विदेशमन्त्री कारिन क्नायसल्ले बिहीबार ललितपुरको पाटन दरबार संग्राहलयको अवलोकन गरेकी छिन् । 

उनले ललितपुर अत्यन्तै सुन्दर सहर भएको बताउँदै यसले आफू प्रभावित भएको बताइन् । अर्को पटक नेपाल आउँदा ललितपुर आउन नछुटाउने उनले बचन दिइन् । अवलोकनका क्रममा उनले सुन्दरीचोक, मूलचोक, केशवनारायणचोक , ट्रेजर पोखरी लगायत पाटन दरबार स्क्वायर क्षेत्रको अवलोकन गरेकी थिइन् । धातुकला , काष्ठकलाको उनले रुचिपूर्वक जानकारी लिएकी थिइन् । 

उनलाई दरबार संग्राहलयमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र उपमेयर गीता सत्यालले स्वागत गरेका थिए ।

विदेशमन्त्री क्यायसल्ले दरबार संग्राहलयमा रहेका ऐतिहासिक महत्वका सामग्रीे चासोपूर्वक जानकारी लिएकी थिइन् । पाटन कलात्मक सहर भएको बताउँदै उनले संग्राहलयले यसको गरिमा अझैं बढाएको बताइन् । 

अष्ट्रिया सरकारले लामो समयदेखि पाटन संग्राहलयको संरक्षण, जिर्णोद्धार र संचालनमा सहयोग गर्दै आएको छ । संग्राहलयमा सोलार जडानमा समेत सहयोग गरेको छ । विदेशमन्त्री क्यायसल्ले विगतदेखि गर्दै आएको सहयोगलाई निरन्तरता दिने समेत बताइन् । अष्ट्रिया सरकारले पाटन संग्राहलयभित्रको केशवनारायण चोकको उत्तरी भित्ता जिर्णोद्धारलागि समेत सहयोग गरेको पाटन दरबार संग्राहलयका अधिकृत सुरेशमान लाखेले जानकारी दिए । 

महानगरका मेयर महर्जनले सम्पदा संरक्षण महानगरको पहिलो प्राथमिकता भएको बताए । उनले भूकम्पमा क्षतिग्रस्त भएका सम्पदाको पुनर्निर्माण तिव्रताको साथ अघि बढेको बताए । उपमेयर गीता सत्यालले ललितपुरको कलाले नेपाललाई विश्वमा चिनाएको बताउँदै यसको संरक्षण महानगरको मुख्य एजेण्डा भएको बताइन् ।

महानगरका सम्पदा सल्लाहकार डा.रोहित रंजितकारले पुनर्निर्माण हुँदै गरेका सम्पदा र ऐतिहासिक महत्वका विषय अवगत गराएका थिए । 

१३ सदस्यीय टोली सहित नेपालको भ्रमणमा रहेकी क्यायसल् शनिवार भुटान हुँदै स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

Upload Date:
२०५७/११/१०

ललितपुर/९ फागुन, ललितपुर महानगरपालिकाले वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको जन्म शताव्दीको अवसरमा एक वर्षभरि गर्ने महत्वपूर्ण कार्यक्रमहरु सार्वजनिक गरेको छ।

वाङमय शताब्दी पुरुष जोशीको जन्म शताव्दी महोत्सवको रुपमा एक वर्षभरि मनाउने बारेमा जानकारी दिन बुधबार ललितपुरमा आयोजित कार्यक्रममा महानगरले विभिन्न १७ वटा कार्यक्रमहरु सार्वजनिक गरेको छ। जोशी २०७६ साल वैशाख ३० गते ९९ वर्ष पुरा भई १ सय वर्षमा प्रवेश गर्दैछन्।

बार्षिक कार्यक्रमा महानगरले वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी प्रतिष्ठान एंव अध्ययन केन्द्र स्थापना गर्ने, स्वर्ण मुद्रा प्रकाशन गर्ने, हुलाक टिकट प्रकाशन गर्ने, सत्यमोहन जोशी पार्क स्थापना गर्ने लगायतका कार्यक्रमहरु सार्वजनिक गरेको छ। २०७६ साल वैशाख ३० देखि एक वर्षसम्म मनाउने कार्यक्रमका लागि महानगरले यस आर्थिक वर्षका लागि २० लाख रुपैयाँ छुट्याई सकेको छ।

वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी प्रतिष्ठान एंव अध्ययन केन्द्र स्थापनाले जोशीको बारेमा अध्ययन गर्न चाहानेलाई सहगोग पुग्ने बताउँदै उहाँको सिर्जनाको संरक्षणमा सहयोग पुग्ने ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले बताए । मेयर महर्जनले भने, ‘वाङमय शताब्दी पुरुष जोशी एउटा जीवित सम्पदा हो, उहाँमा ज्ञानको भण्डार छ।’

पत्रकार सम्मेलनमा जानकारी दिइए अनुसार महानगरभित्रका उपयुक्त स्थानमा प्रतिमा सहितको जोशीको नाममा पार्क निर्माण गरिनेछ । महानगरपालिकाभित्रको उपयुक्त बाटोलाई जोशीको नाममा नामाकरण गरिनेछ ।

जोशीलाई गोसाईकुण्ड (सिलु) दर्शनको लागि आवश्यक व्यवस्था मिलाउने निर्णय गरिएको कार्यसम्पादन समितिका संयोजक एवं वडा नं ३ का अध्यक्ष श्री गोपाल महर्जनले बताए । यसैगरी वाडमय क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यत्तित्वलाई वाडमय शताब्दी पुरुष सत्यमोहन जोशी सम्मान पदक प्रदान गर्ने बताइएको छ ।

ललितपुर महानगरपालिकास्थित पिम्बहाल पोखरीमा मल्लकालीन सांगीतीक साँझ कार्यक्रम आयोजना गर्ने जानकारी दिइयो । यसैगरी सत्य मोहन जोशीको बारेमा विशेष स्मारिका प्रकाशन र उहाँको दिनचर्या समेटेर श्रव्यदृश्य सामग्री तयार पारिने छ ।

पाटन संडग्रालयभित्र रहेको भण्डारखाल बगैचालाई सुन्दर एवं व्यवस्थित बनाउन वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीबाटै उद्घाटन गरी शिलायन्यास गर्ने ललितपुर महानगरको योजना छ । 
जन्म शताब्दी महोत्सवको पहिलो दिन २०७६ वैशाख ३० गते जोशीलाई नगरपरिक्रमा गराउने कार्यक्रम महानगरले तय गरेको छ ।

मेयर महर्जनले राष्ट्रका लागि योगदान गर्ने व्यक्ति सम्मान गर्न यो एक वर्षभरि नै कार्यक्रम मनाउने निर्णय गरेको बताए । उनले भने, ‘अमुर्त सम्पदाको रुपमा रहेका यस्ता मुर्धन्य व्यक्तित्वलाई जीवितै छँदा नै सम्मान गर्नु पर्छ भनेर यसको थालनी गरेको हुँ ।’ मेयर महर्जनले जीवित हुँदा वास्ता नगर्ने मृत्युपछि सम्मान गर्ने परम्परालाई तोड्न शतवार्षिकी कार्यक्रम मनाउने निर्णय गरिएको बताए ।

महानरले यस अघि नै जोशीको दिनचर्या र जीवनयापनलाई सहज बनाउन सवारीसधान, ड्राइभर , सुरक्षा गार्ड, मोवाइल फोन लगायतका सेवा प्रदान गरेर उहाँको जीवनलाई सहज वनाइदिएको छ । 
जोशीको सतवार्षिकी कार्यक्रम मनाउन महानगरका मेयर चिरीबाबु महर्जनको संयोजकत्वमा एक सय ११ सदस्यीय समिति गठन गरेको थियो । उक्त समितिको बैठकले एक वर्षभरि मनाउने कार्यक्रम छलफल गरि निर्णय गरेको थियो ।

उक्त मूल समितिको माघ २५ गते बसेको पहिलो बैठकले कार्यपालिका सदस्य वडा नं ३ का अध्यक्ष श्रीगोपाल महर्जनको संयोकत्वमा १५ सदस्यीय वाडमय शताब्दी पुरुष सत्यमोहन जोशी जन्म शताब्दी महोत्सव कार्य सम्पादन समिति बनाइएको थियो ।

Upload Date:
२०७५/११/०९

Pages