FAQs Complain Problems

सूचना तथा समाचार

ललितपुर उपमहानगरपालिका, ललितपुरको तपसिलमा उल्लेखित विज्ञापन नम्बर, सेवा, तह र पदको लिखित परीक्षामा सम्मिलित भएका उम्मेदवारहरुमध्ये वर्णानुक्रमानुसार देहायका रोल नम्वर तथा नाम, थर भएका उम्मेदवारहरुलाई देहायका मिति र समयमा ललितपुर उपमहानगरपालिका कार्यालय, ललितपुरमा सञ्चालन हुने अन्तर्वार्ता र कानून अधिकृत पदको लागि कम्प्युटर सीप परीक्षण समेतको लागि छनौट गर्ने पदपूर्ति समितिको मिति २०७२/१२/७ बाट निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
छनौट भएका उम्मेदवारहरुले दरखास्त साथ पेश गरेका प्रमाणपत्रहरुको सक्कल, पासपोर्ट साइजको फोटो २ प्रति र प्रवेशपत्र लिई तोकिएको अन्तरवार्ताको दिन १ (एक) घण्टा अगावै उपस्थित हुनुपर्ने व्यहोरा पनि यसै सूचनाद्वारा अवगत गराइएको छ । तोकिएको अन्तरवार्ताका दिन सार्वजनिक विदा पर्न गएमा पनि अन्तरवार्ता कार्यक्रम यथावत् सञ्चालन हुनेछ ।

Upload Date:
२०७२।१२।०८

नेपाल सरकार (मन्त्रीपरिषद्)को मिति २०७२/१०/८ को बैठकबाट जनसहभागितामा आधारित सौर्य सडक बत्ती कार्यक्रम सञ्‍चालन कार्यबिधि, २०७२ स्वीकृत भएको छ । उक्त कार्यविधि मन्त्रालयको website: www.mofald.gov.np मा राखिएको छ ।

सो कार्यक्रममा व्यवस्था भए बमोजिम नगरपालिका क्षेत्र भित्रका उपभोक्ता समितिहरु, नागरिक सचेतना केन्द्र, टोल विकास संस्था र सार्वजनिक निकायले तोकिएको लागत सगभागितामा सौर्य बत्ती कार्यक्रम संचालनका लागि तोकिएको फाराम ढाँचा बमोजिम फाल्गुण मसान्तसम्मको अवधि भित्र प्रस्ताव पेश गर्नु पर्नेछ ।

बिस्तृत जानकारीको लागि तल डाउनलोड गर्नुहोस् ।

Upload Date:
२०७२।११।०५

यस ल.पु.उ.म.न.पा मा आ.व. ०७२।७३ को दोश्रो चौमासिक (मंसिर देखि फागुन सम्म) को सामाजिक सुरक्षा भत्ता, माघ २५ गते देखि सम्बन्धित बैंकहरुबाट वितरण भईरहेकोले समयमै रकम बुझिलिनु हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

Upload Date:
२०७२।१०।२८

Pages