FAQs Complain Problems

नगरपालिकाद्धारा स्वास्थ्यसेवी सम्मानित

काठमाडौं : ललितपुर महानगरपालिकाले नगरपालिकाभित्र कार्यरत महिला स्वास्थ्य स्वयसेविका र स्वास्थ्य स्वयसेवीहरुलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा कार्यरत स्वास्थ्य स्वयसेवी र उमेरहदका कारण अवकाश प्राप्त स्वास्थ्य स्वयसेवी रहेका छन् । ६० वर्ष पुगेपछि उनीहरुले  क्रियाशील स्वयसेविकाबाट अवकाश पाउँछन् । विश्व स्वयंसेवक दिवस २०१८ तथा राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवस २०७५को अवसरमा आयोजित कार्यक्रममा उनीहरुलाई सम्मान स्वरुप नगद प्रदान गरिएको हो । उनीहरुले गरेको योगदानको मुल्यांकन गर्दै सम्मान गरिएको ललितपुर महानगरपालिकाले जनाएको छ । सम्मानित हुनेहरुमा महानगरको २९ वटा वडाहरुमा पाँच सय ६८ जना स्वयंसेवी कार्यरत छन् । 
ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले स्वास्थ्य स्वयसेविकाहरुले नगरका टोल टोल पुगेर स्वास्थ्य चेतना फैलाएको भन्दै उनीहरुको प्रसंसा गरे । उनले स्वास्थ्य स्वयसेविकाका कारण नागरिकहरुमा स्वास्थ्य चेतना बढेको बताए । उनले भने , ‘ तपाईहरुको सक्रियताको हामी प्रसंसा गर्छौ । ’ उनले स्वयसेवकहरुलाई आफ्ना समस्याहरु नगरपालिकाको आएर भन्न अनुरोध गरे । समस्याको प्राथमिकिरण गरेर त्यसको समाधान जतिसक्दो छिटो गर्ने उनले बताए । प्रत्येक स्वयसेविका र स्वयसेवकहरुको हात हात प्राथमिक उपचार बक्स पुर्याउने बताए । 
ललितपुर महानगरपालिकामा उपमेयर गिता सत्यालले स्वास्थ्य स्वयसेविका समुदायको खम्बा भएको बताइन् । उनले स्वास्थ्य चेतना जगाउन उनीहरुको महत्वपूर्ण भूमिका भएको स्पष्ट पार्दै स्वयसेविका कारण रोग र उपचारका बारेमा नगरबासी सुसुचित भएको बताइन् । स्वास्थ्य स्वयसेविकाले फैलाएको चेतनाका कारण महिला स्वास्थ्य र बालबालिकाको स्वास्थ्य अवस्था सुधार आएको दाबी गरिन् । उपप्रमुख सत्यालले स्वास्थ्य स्वयसेविकासँग बिरामीले आत्मियता देखाउने र आफ्ना समस्या खुलेर बताउने हुँदा नगरबासीको स्वास्थ्य अवस्था सुधार गर्न उनीहरुको भूमिका महत्वपूर्ण हुने धारणा राखिन् 
 

२०७५/०९/२४