FAQs Complain Problems

फोटो ग्यालरी

, , , , , , , , , , , , , , , , , , , , , , , , , , , ,

२०७२ पौष २६ गतेका दिन यस ललितपुर उप-महानगरपालिकाको २३ औ नगर परिषद सफतलापूर्वक सम्पन्‍न भएको छ। कार्यक्रमको सभापति ललितपुर उप-महानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत भरत मणी पाण्डे, प्रमुख अतिथि माननीय उप-प्रधानमन्त्री एवं सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापा, उपस्थित विशिष्ट अतिथिहरुमा माननीय सङ्घीय मामिला तथा स्थानीय विकास सहायक मन्त्री विराज बहादुर विष्‍ट, विशेष अतिथिहरुमा माननीय सांसद मदन बहादुर अमात्य, माननीय सांसद चन्द्र महर्जन, माननीय सांसद उदय शमशेर राणा, माननीय सांसद सिद्धीलाल सिं, माननीय सांसद शुशिला नेपाल, माननीय सांसद योगेन्द्र धिसिङ्ग तामाङ्ग, माननीय सांसद भाष्कर भद्रा, राष्ट्रिय योजना आयोगका माननीय सदस्य सुमित्रा अमात्य, प्रमुख जिल्ला अधिकारी ऋषिराम शर्मा, अतिथिहरुमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, कार्यालय प्रमुखहरु, विभिन्न संस्थाका प्रतिनिधिहरु, पत्रकारहरु र ललितपुर उप-महानगरपालिकाका कर्मचारीहरु, वडा नागरिक मञ्‍चका प्रतिनिधिहरु, सामाजिक परिचालक, वडा स्वास्थ्य कार्यान्वयन समितिका प्रतिनिधिहरु तथा स्वास्थ्य स्वयंसेवकहरु तथा विभिन्‍न महिला समूहका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख तथा कार्यकारी अधिकृत भरत मणी पाण्डेबाट आगामी आर्थिक वर्षका ०७३/७४ को लागि नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत भएको थियो । कार्यक्रममा उत्कृष्ट कर्मचारीहरु तथा करदातालाई सम्मान गरिएको थियो । उत्कृष्ट कर्मचारीहरुमा आ.व. २०७१।७२ मा ख. रत्‍न महर्जन, मे. बुद्धलक्ष्मी पोडेनी कोन्ती, मे. रत्‍न देवी पोडेनी, आ.व. २०७२।७३ मा का.स. विक्रम अवाले र मे. रिता पोडेनी। उत्कृष्ट करदाताहरुमा वडा नं ५ का विजित कृष्ण श्रेष्‍ठ र वडा नं ५ का ज्ञानी देवी धाख्वा । कार्यक्रमको संचालन प्रेम बहादुर थापा र सरिता महर्जनले गर्नु भएको थियो ।

, , , , , , , , , , , , , , , , , , , , , , , , , , , , माननीय उप-प्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाबाट ललितपुर उप-महानगरपालिको नयां लोगो बिमोचन, , , , , , , , , , , , , , , , , , , , , , , , , , ,

Pages