FAQs Complain Problems

वडा नंं. १०

Body: 

वडाको परिचय 
ललितपुर महानगरपालिका वडा नं १० कोपुण्डोल, ललितपुर र काठमाण्डौं जिल्ला लाई छुट्याउने बाग्मती नदी जोडिएको वडा हो । यस वडाको पूर्व तर्फ वडा नं ११, पश्चिम तर्फ वडा नं १, उत्तर तर्फ काठमाण्डौं जिल्ला र दक्षिण तर्फ वडा नं.३ संग जोडिएको छ । सबै जात जातिका मानिसहरुको बसोबास रहेको यस वडामा २०६८ सालको राष्ट्रिय जनगणना अनुसार १७२९ घरधुरी रहेको छ , जनसंख्या जम्मा ६५५४ जसमा महिला ३०४६ र पुरुष ३५०८ जना रहेको छन् । यस वडामा नेपालको सबै भन्दा ठूलो इन्जिनियरिङ अध्ययन संस्था रहेको छ, यसको अलावा पाटन संयुक्त क्याम्पस समेत यसै वडामा रहेको छ । नेपालभरिको प्रसिद्ध पिठका रुपमा रहेको कान देवताको मन्दिर समेत यसै वडामा रहेको छ जुन नेपालभरिकै एक मात्र कान देवताको मन्दिर हो जहाँ कानका समस्या लिएर आउनेले पुजा गरेमा निको हुने जनमानसमा विश्वास रहेको छ । साथै यस वडामा अधिकांश बैंकिंग संस्थाको शाखा कार्यालय तथा नेपालकै धेरै बुटिकहरु भएको फेसन हबको रुपमा पनि रहेको छ ।

https://ward10.lmc.gov.np/

Population: 
६५५४
Supporting Documents: