FAQs Complain Problems

ललितपुर उप-महानगरपालिकाको खुला तथा अान्तरिक प्रतियोगिता तर्फको लिखित परीक्षाको नतिजा प्रकाशित

ललितपुर उपमहानगरपालिका, ललितपुरको तपसिलमा उल्लेखित विज्ञापन नम्बर, सेवा, तह र पदको लिखित परीक्षामा सम्मिलित भएका उम्मेदवारहरुमध्ये वर्णानुक्रमानुसार देहायका रोल नम्वर तथा नाम, थर भएका उम्मेदवारहरुलाई देहायका मिति र समयमा ललितपुर उपमहानगरपालिका कार्यालय, ललितपुरमा सञ्चालन हुने अन्तर्वार्ता र कानून अधिकृत पदको लागि कम्प्युटर सीप परीक्षण समेतको लागि छनौट गर्ने पदपूर्ति समितिको मिति २०७२/१२/७ बाट निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
छनौट भएका उम्मेदवारहरुले दरखास्त साथ पेश गरेका प्रमाणपत्रहरुको सक्कल, पासपोर्ट साइजको फोटो २ प्रति र प्रवेशपत्र लिई तोकिएको अन्तरवार्ताको दिन १ (एक) घण्टा अगावै उपस्थित हुनुपर्ने व्यहोरा पनि यसै सूचनाद्वारा अवगत गराइएको छ । तोकिएको अन्तरवार्ताका दिन सार्वजनिक विदा पर्न गएमा पनि अन्तरवार्ता कार्यक्रम यथावत् सञ्चालन हुनेछ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.
२०७२।१२।०८