समाचार
सूचना तथा समाचार
योग्यता पुगेका संघ संस्थाहरुको Shorted List :
ललितपुर उपमहानगरपालिकामा आउने पर्यटकहरु दोहोरो प्रवेश शुल्कको मारमा पर्दै आएको अवस्थालाई मध्यनजर गर्दै ललितपुर उपमहानगरपालिका र पाटन संग्रहालय विकास समितिबीच प्रवेश शुल्क एकद्वाररुपमा संकलन विषयमा समझदारी भएको छ । समझदारीपत्रमा उपमहानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत भरतमणी पाण्डे र पाटन संग्रहालय विकास समितिका कार्यकारी निर्देशक मन्दाकिनी श्रेष्ठले हस्ताक्षर गर्नुभयो ।
यो समझदारी २०७३ असोज १ गतेदेखि लागू हुनेछ ।
यसअघि, ललितपुर घुम्न सार्क राष्ट्रका पर्यटकहरुले ललितपुरमा प्रवेश गर्न २ सय ५० रुपैयाँ र सार्क बाहेकका पर्यटकले ७ सय ५० रुपैयाँ र पाटन संग्रहालयमा ४ सय ५० रुपैयाँ अलग अलग तिर्नुपर्ने अवस्था थियो ।
एकद्वार प्रणालीसंगै सार्क राष्ट्र बाहेकका पर्यटक शुल्क १ हजार रुपैयाँ र सार्क राष्ट्रका पर्यटकका लागि २ सय ५० रुपैयाँ कायम गरिएको छ ।
एकद्वार प्रणालीबाट उठेको रकमको ७५% उपमहानगरपालिका, १५% संग्रहालयलाई, ५% दरबार क्षेत्र मर्मत सम्भार तथा पर्यटन प्रवर्द्धन र प्रशासनिक खर्चका लागि ५% छट्याईएको छ ।
एकद्वार पर्यटन प्रवेश सेवा शुल्क व्यवस्थापन कार्यविधि २०७३
सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका सवै प्रकारका लाभग्राहीहरूले मितिः- २०७३ साल श्रावण देखि मंसिर १५ गते भित्र वडा कार्यालयमा आई नविकरण गर्नुहोला। नविकरण नगर्ने लाभग्राहीहरूले पछिल्लो आर्थिक वर्षमा भत्ता पाउन सक्ने छैनन् । नयां नाम दर्ता गराउन चाहने जेष्ठ नागरिकले आ.व.०७३।०७४ को अवधि भित्र र ०७४।०७५ को फाल्गुन मसान्त सम्म उमेर पुग्नेले पनि मितिः- २०७३ साल श्रावण देखि मंसिर १५ गते भित्र दरखास्त दिन पाउने । ०७३।०७४ भित्र उमेर पुग्नेले ०७४ श्रवण १ गते वाट, ०७४।०७५ मा उमेर पुग्नेले उमेर पुगेको चौमासिक भन्दा पछिल्लो चौमासिकवाट भत्ता पाउने । लोपोन्मुख आदिवासी जनजातीले मितिः- ०७३ श्रावण देखि मंसिर १५ गते भित्र दरखास्त दिनुपर्ने, अन्य लाभग्राहीहरूले आफ्नो प्रमाण सहित जहिले सुकै वडा कार्यालयमा आई नाम दर्ता गर्न सक्ने, नाम दर्ता गरेको पछिल्लो चौमासिक देखि भत्ता पाउने साथै प्रथम चौमासिक असोज १ गतेवाट, दोश्रो चौमासिक माघ १ गतेवाट र तेश्रो चौमासिक जेष्ठ १ गतेवाट भत्ता वितरण गरिने व्यहोरा सवैमा जानकारीकोलागि अनुरोध गरिन्छ ।
ललितपुर उप-महानगरपालिका कायार्लयबाट आ.व. ०७२/७३ मा सञ्चालन भएका योजना कार्यक्रमको वार्षिक प्रगति समीक्षा निम्न मिति, समय र स्थानमा आयोजना गरिने भएकाले उक्त कायर्क्रममा नगरका राजनीतिक प्रतिनिधि, क्रियाशील उपभोक्ता समिति, वडा नागरिक मञ्चका प्रतिनिधि, नागरिक सचेतना केन्द्रका प्रतिनिधि, टोल सुधार सिमित, क्लब, गैर सरकारी सँस्थाका प्रतिनिधि, सञ्चारकर्मी लगायत सरोकारवाला सबैको उपस्थितिको लागि अनुरोध गरिन्छ ।
मितिः २०७३ भाद्र १५ गते, बुधबार
स्थानः ललितपुर उप-महानगरपालिका कार्यालयको सभा कक्ष