FAQs Complain Problems

वडा नं ८

Body: 

वडाको परिचयः
नेपालको ३ नं प्रदेशमा पर्ने जिल्लाहरु मध्येको विकशित जिल्लामा ललितपुर पर्छ । ललितपुर जिल्ला लाई विकास गर्नका निमित्त विभिन्न गाउँपालिका र नगरपालिकामा विभाजन गरिएकोमा ललितपुर  महानगरपालिका एउटा जेठो र विकसित नगरपालिका हो । यस महानगरपालिकामा रहेको २९ वटा वडा मध्ये ८ नं वडा पनि एक हो । यस ८ न. वडाको कुल क्षेत्रफल ४४३,६०० वर्ग मिटर छ भने समुद्र सतहबाट करीब १३३० मिटरको उचाइँमा अवस्थित छ । त्रिभुवन अन्र्तराष्टिय विमान स्थल बाट ५ किलो मिटर दक्षिणमा पर्नेे यस ८ न. वडाको वडा कार्यालय गुइटोलमा रहेकोे छ । यस वडाको उत्तरमा ९ नं वडा कार्यालय, दक्षिणमा ७ नं वडा कार्यालय र ६ नं वडा कार्यालय, पश्चिममा १२ नं वडा कार्यालय र पूर्वमा महालक्ष्मी नगरपालिकासंग जोडिएको छ  । 

यस ८ नं वडा कार्यालय एक ऐतिहासिक नगर क्षेत्र हो जहाँ परापूर्वकालदेखि नै नेवारहरुको बसोबास रहेको छ भने नेवारहरुकै बाहुल्यता रहेकोले नेवारी संस्कृति र संस्कार कायम रहेको छ । यहाँ विभिन्न खाले पाटी, पौवाहरु र भजन मण्डलीहरु प्रशस्त छनु । यस वडाका बासिन्दाहरु जिबिकोपार्जनका लागि कृषि, श्रम, हस्तकला, व्यापार, व्यवसाय गर्दछन् । 
जम्मा घर धुरी संख्या  :  २८१६
जम्मा जनसंख्या  :  ११४०० 

सम्पर्क नं  : ५५३१४४६

Population: 
११४००
Supporting Documents: