FAQs Complain Problems

वडा नं १८

Body: 

वडाको परिचय  :  
ललितपुर महानगरपालिका कार्यालयको दक्षिणमा अवस्थित यस वडा समुन्द्र सतहबाट १२९८ मि. उचाईमा २६.४०“ पूर्वी देशान्तर ८२.२०“ उत्तर अक्षांम फैलिएको वडा हो । यो वडा एक प्राकृतिक रुपमा आफ्नै अस्तित्वमा रहेको वडा हो । यहाँ पर्याप्त मात्रामा वनजंगलले ढाकीएको छ । यहाँको हावा असाध्यै स्वस्थकर छ । यस वडा प्रवेस गर्ने वित्तिकै मानिसमा शितलतको अनुभूत्ती हुन्छ । नदीनाला र वनजंगलको दृष्टिकोणबाट यो वडा एकदमै राम्रो छ । यस वडाको सिमाना पूर्व तर्फ ललितपुर महानगरपालिका वडा नं. २५, उत्तर तर्फ नख्खु खोला (प्रभावती) र ललितपुर महानगरपालिका वडा नं.४, पश्चिम तर्फ बाग्मति नदी र किर्तिपुर नगरपालिका वडा नं. ६, दक्षिण तर्फ ललितपुर महानगरपालिका वडा नं.२१ रहेको छ । यस वडा धेरैजसो क्षेत्र भित्र कंत्रिट मिश्रित, खेती योग्य माटो, दुङ्गा मिश्रित जमिनले गर्दा यहाँको भुमीको अवस्थालाई विभिधता प्रधान गरेको छ । यस वडामा मिश्रित जातजातिको बसोबास रहेको पाईन्छ । 

यो वडा प्राचिनकालमा तिब्बत बाट “मञ्जुश्री” नामका व्यत्ति नेपालमा प्रवेश गरि त्यो समयमा काठमाण्डौ उपत्यका पुरै जलमग्न भई बस्ती नै रहेको थिएन भन्ने भनाई छ । पछि मञ्जुश्रीको प्रवेश पछि उनले खड्गले चोभारको डाडाँमा हानी उनले काठमाण्डौ उपत्यकाको पानी निकास गरि काठमाण्डौ उपत्यकामा बस्ती बसाउन लगा भन्ने पनि प्राचिन इतिहासमा उल्लेख गरेको पाइन्छ  । यसरी यो वडा विगत देखि बर्तमान सम्म यसको ऐतिहासिक महत्व बोकेको वडाको रुपमा यसलाई चिन्ने गरिन्छ ।

सम्पर्क: ५५९०६७३
 

Supporting Documents: