FAQs Complain Problems

वडा नंं. ३

Body: 

वडाको परिचयः-

यस वडा नं. ३, ललितपुर महानगरपालिका भौगोलिक, शैक्षिक, पर्यटकीय, धार्मिक तथा ऐतिहासिक सम्पदाहरुले भरिपुर्ण एवं महत्वपूर्ण सास्कृतिक स्थल हो। यस वडामा उल्लेख्य मात्रामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरु रहेका छन्। यसका जानकारीमूलक सूचनाहरु निम्नानुसार उल्लेख गरिएका छन् ।

क. भौगोलिक स्थिति:

    (अ) क्षेत्रफलः– यस वडाले ललितपुर महानगरपालिकाको कुल भू–भाग ३६.१२ व. कि.मि मध्ये १.६७ व. कि.मि ओगटेको छ। यस अन्तर्गत पूरानो बस्ती र नयाँ बस्ती गरी दुई मिश्रित बस्तीहरु रहेका छन् ।

   (आ) सिमानाः– यस वडाको पूर्वमा वडा नं. २०, १० र ११, पश्चिममा वाग्मती नदी,  उत्तरमा वडा नं. ११, १०, १ र २ र दक्षिणमा वडा नं. ४, २० र १३ पर्दछ ।

   (इ) क्षेत्रफलः– १.६७ व. कि.मि मा फैलिएको छ जुन न. पा. क्षेत्रको ४.६३% हो ।

   (ई) भू–भागको प्रयोगः– आवासीय घर कम्पाउण्ड ७५.६३%

  • सडक ९.३८%
  • खुल्ला चौर १.०६ %
  • कृषि योग्य भूमि १२.१५ %
  • ग्रीन बेल्ट १.०६ %

 

https://lmcityward3.com/

 

Supporting Documents: