FAQs Complain Problems

वडा नंं २९

Body: 

पृष्प्ठभुमि  :     
         ललितपुर जिल्ला अन्तर्गत रहेको एउटा ऐतिहासिक गाऊको रुपमा प्रसिद्ध साबिक हरिसिद्धि गा.बि. स. को वडा न.७, ८ र ९ हाल ललितपुर महा नगरपालिका वडा न २९ पर्दछ । ललितपुर महानगरपालिका कार्यालयबाट दक्षिण तर्फ करिब ५ कि. मि.दुरीमा रहेको छ । यस वडाको पुर्ब तर्फ महालक्ष्मी नगरपालिकाको सिद्धिपुर र गोदावरी नगरपालिकाको दमाइटार पर्दछ । दक्षिण तर्फ गोदावरी नगरपालिकाको ठैब पर्दछ , उत्तर तर्फ साबिक हरिसिद्धि हाल ललितपुर महानगरपालिकाको वडा न. २८ पर्दछ , भने पश्चिम तर्फ ललितपुर महानगरपालिकाको धापाखेल पर्दछ । धापाखेल र हरिसिद्धि दुई क्षेत्रलाई कोट्खु खोलाले ठैबबाट हात्तिबन सम्म  सिमांकन गरिएको छ । यस खोलाबाट यस हरिसिद्धि क्षेत्रका अधिकांश जग्गा जमिनमा सिचाई गर्ने गर्दछन । सुलभ सिचाई ,उर्बरा माटो तथा समथर भु भाग र बनोटको कारण तुलानात्मक रुपमा उत्पादन बढी हुने गर्दछ जसले गर्दा यस ठाउलाई अन्नको भण्डार पनि मानिन्छ । यस वडाको जम्मा जनसंख्या ४१५९ छ भने घर धुरी १०७० छ र क्षेत्रफल १.३०वर्ग मिटर छ । यो वडा गोदावरी नगरपालिकाको सिमाना सम्म जोड्दछ । यो वडामा नेवार (मर्हजन) जातका मानिसहरुकगो बसोबास एवं बाहुल्यता रहेको छ भने हाल अन्य ठाउबाट बसाई सरि आउनेको चाप दिनप्रति दिन बद्दो क्रममा छ ।  यो वडा तथा हरिसिद्धिको पुरानो नाम जतल हो र जतल शब्दबाट अहिले जल भन्ने गरिन्छ । यो वडाको मानिसहरुको मुख्य पेशा कृषि मजदुरी नै रहेको छ भने केही माानिसहरु मात्र ब्यापार,ब्यबसायी र नोकरीमा सलंग्न छन्। साथै यो वडाको भौगोलिक अबस्था समग्रमा बुझ्दा बिश्व मान चित्रमा १३५४ मिटर उचाइमा रहेको यो वडा पुर्बी देशान्तर ८५ ं २१’ र उत्तरी आक्षांस २७ ं ३८’ मा अबस्थित छ । 
 

Supporting Documents: