FAQs Complain Problems

ललितपुर महानगरपालिकाले नगर क्षेत्रको तीन स्थानमा ट्राफिक लाइट जडान सम्बन्धी प्रेस विज्ञप्ति

ललितपुर महानगरपालिकाले नगर क्षेत्रको तीन स्थानमा ट्राफिक लाइट जडान गरेको छ । महानगरले ललितपुरको कुपण्डोलदेखि जावलाखेलसम्मको स्थानमा तीनवटा ट्राफिक लाइट राखेको हो । महानगरले यार्सा टेक्नोलोजी कम्पनीको सहयोगमा ट्राफिक लाइट व्यवस्था गरेको हो । महानगरले कुपण्डोलको उकालोे वाटो,महानगरपालिकाको कार्यालय अगाडी र अल्का अस्पताल छेउमा ट्राफिक लाइट जडान गरेको महानगरका प्रवक्ता राजु महर्जनले जानकारी दिनु भयो । दिनहुँ वढेको सवारी चाप र ट्राफिक व्यवस्थापनमा देखिएको समस्या अन्त्य गर्ने महानगरको अभियान अनुसार ट्राफिक लाइट जडान गरिएको महर्जनले जानकारी दिनुभयो । महानगरभित्र ट्राफिक जामको दिर्घकालिन समस्या समाधानमा महानगर लागिरहेकाले सडक वत्ति राख्ने तथा ठाउँठाउँमा ट्राफिक लाइट राख्ने काम भइरहेको महर्जनले बताउनुभयो । सोमबारवाट पूर्ण रुपमा सञ्चालनमा आएको ट्राफिक लाइटको महानगरका मेयर चिरीबाबु महर्जन, उपमेयर गीता सत्याल सहित ट्राफिक प्रहरी, जनपथ प्रहरी, महानगरका प्रवक्ता तथा ९ नम्वर वडाका वडाध्यक्ष राजु महर्जन लगायत अन्य पदाधिकारी तथा महानगरका कर्मचारी सहित स्थानीयले ट्राफिक लाइट राखेको स्थानमा जेव्राक्रसवाट वाटो काटेर उद्घाटन गरिएको थियो । सो अवसरमा मेयर महर्जनले आम नगरबासीको समस्याप्रति महानगर सधै चिन्तित रहेको भन्दै ती समस्याको समाधानमा लागि परेको बताउनुभएको छ । उहाँले महानगर क्षेत्रमा देखिएको ट्राफिक व्यवस्थापनको समस्यालाई अनत्य गर्न महानगरले लाइटको व्यवस्था गरेको बताउनुभयो । उहाँले यो कामलाई महानगरले निरन्तरता दिने भन्दै सवैको चासोको क्षेत्रमा काम गर्न पाउँदा महानगर हर्षित रहेको जनाउनुभयो ।

                                                                                                                        राजु महर्जन

                                                                                                               प्रवक्ता तथा वडा नं ९ अध्यक्ष 

२०७५/०८/१७