समाचार
जुम्लाको चन्दननाथ नगरपालिकाका प्रमुख राजु सिंह कठायत, उपप्रमुख रामदेवी खड्कासहितको टिम ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनको कार्यकक्षमा ।
जुम्लाको चन्दननाथ नगरपालिकाका प्रमुख राजु सिंह कठायत, उपप्रमुख रामदेवी खड्कासहितको टिम ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनको कार्यकक्षमा । ललितपुर महानगरपालिकाले चन्दननाथ नगरपालिकालाई गत आर्थिक वर्षमा वातावरण संरक्षणका लागि ३० लाख प्रदान गरेको थियो । भेटघाटको क्रममा भगिनी सम्बन्धमा रहेका दुई नगरपालिकाका प्रमुखले आगामी वर्षमा पनि एकले अर्कोलाई अनुभव, सीप आदानप्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।