FAQs Complain Problems

एकद्वार प्रणालीबाट पर्यटन प्रवेश शुल्क सम्बन्धी सूचना

एकद्वार प्रणालीबाट पर्यटन प्रवेश शुल्क सम्बन्धी सूचना

ललितपुर उपमहानगरपालिकामा आउने पर्यटकहरु दोहोरो प्रवेश शुल्कको मारमा पर्दै आएको अवस्थालाई मध्यनजर गर्दै ललितपुर उपमहानगरपालिका र पाटन संग्रहालय विकास समितिबीच प्रवेश शुल्क एकद्वाररुपमा संकलन विषयमा समझदारी भएको छ । समझदारीपत्रमा उपमहानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत भरतमणी पाण्डे र पाटन संग्रहालय विकास समितिका कार्यकारी निर्देशक मन्दाकिनी श्रेष्ठले हस्ताक्षर गर्नुभयो ।

यो समझदारी २०७३ असोज १ गतेदेखि लागू हुनेछ ।

यसअघि, ललितपुर घुम्‍न सार्क राष्ट्रका पर्यटकहरुले ललितपुरमा प्रवेश गर्न २ सय ५० रुपैयाँ र सार्क बाहेकका पर्यटकले ७ सय ५० रुपैयाँ र पाटन संग्रहालयमा ४ सय ५० रुपैयाँ अलग अलग तिर्नुपर्ने अवस्था थियो ।

एकद्वार प्रणालीसंगै सार्क राष्‍ट्र बाहेकका पर्यटक शुल्क १ हजार रुपैयाँ र सार्क राष्‍ट्रका पर्यटकका लागि २ सय ५० रुपैयाँ कायम गरिएको छ ।

एकद्वार प्रणालीबाट उठेको रकमको ७५% उपमहानगरपालिका, १५% संग्रहालयलाई, ५% दरबार क्षेत्र मर्मत सम्भार तथा पर्यटन प्रवर्द्धन र प्रशासनिक खर्चका लागि ५% छट्याईएको छ ।


 


एकद्वार पर्यटन प्रवेश सेवा शुल्क व्यवस्थापन कार्यविधि २०७३

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.
२०७३।५।३१